☰ open

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शुक्रबार दिल्ली जादै

२०७९ असार ३०, बिहीबार ०९:४३
media khavar

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिल्ली जाने भएका छन्। प्रचण्ड शुक्रबार (भोलि) दिल्ली जान लागेका हुन्।

सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निम्तोमा प्रचण्ड शुक्रबार दिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार प्रचण्ड भाजपाले आयोजना गरेको शिखर सम्मेलनमा सहभागी हुने छन्। अन्य कार्यक्रमबारे भने सचिवालयले जानकारी दिएको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights