☰ open

एमालेको स्पस्टीकरण : एम अधिकारी गभर्नर हैनन्

२०७९ असार ३०, बिहीबार १४:१४
media khavar

नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभाग सदस्य एम अधिकारी गर्भनर नरहेको स्पस्टीकरण दिएको छ ।

कार्यालयका सचिव भीष्म अधिकारीले अर्थ विभागमा रहेका एम अधिकारी गर्भनर महाप्रसाद अधिकारी नभएको बताएका हुन् । सरकारी सेवामा रहेकालाई पार्टीको कुनै विभागमा राख्ने नीति समेत नरहेको उनको दावी छ ।

आफ्नो नाम जोडेर प्रचार भइरहेको भन्दै महाप्रसाद अधिकारीले एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखी आफू कुनै पनि पार्टीको सदस्य रहने कुरा सोच्नसमेत नसकिने बताएका छन् । उक्त पत्रको जवाफमा एमालेले एम अधिकारी गभर्नर नरहेको स्पस्टीकरण दिएको हो ।

पछिल्लो समय पार्टीको कार्यकर्ता गर्भनर हुन नसक्नै भन्दै सत्ताको नेतृत्व गरिरहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतले अधिकारीको राजीनामा मागिरहेपछि विवाद बढको हो । उनीहरुले एम अधिकारी र गभर्नर महाप्रसाद अधिकारी एकै रहेको दावी गर्दै छानविनको माग गरेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights