☰ open

अन्नपूर्ण केवलकार एकसाताका लागि बन्द हुने

४ वर्ष

नियमित मर्मतसम्भारका लागि यहाँ संचालित अन्नपूर्ण केवलकार एकसातासम्म बन्द हुने भएको छ । असार ३१ देखि साउन ६ गतेसम्म केवलकार बन्द हुने कम्पनिले बताएको छ।

अन्नपूर्ण केवलकारका महाप्रबन्धक दिनेश पौड्यालका अनुसार साउन ७ देखि केवलकार नियमित रुपमा संचालनमा आउनेछ। जापानी प्राविधिकहरुले केवलकारको नियमित परीक्षण गर्ने उनले बताए।

पोखरामा अन्नपूर्ण केवलकार कम्पनिले सेदी–सराङकोट २.५ किलोमिटर लामो केवलकार निर्माण गरेर संचालन थालेको छ। फेवाताल किनारको सेदीदेखि सराङकोटसम्म आउजाउ गर्ने पर्यटकलाई लक्षित गरि केवलकार संचालन गरिएको हो।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया