☰ open

गौतमको माग : एक हप्ताभित्र राष्ट्रिसभाका उपाध्यक्ष पदको निर्वाचन हुनुपर्छ

२०७९ असार ३०, बिहीबार १४:४०
media khavar

राष्ट्रियसभाका सांसद एवम् पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले एक हप्ताभित्र राष्ट्रिसभाका उपाध्यक्ष पदको निर्वाचन गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग माग गरेका छन् ।

सांसद गौतमले राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिको टुंगो पनि तत्काल लगाउन अध्यक्ष तिमिल्सिनाको पुनः ध्यानाकर्षण गराए ।

राष्ट्रियसभाको ४ वटा समितिमध्ये ३ वटा समिति नेतृत्वविहीन भएको उल्लेख गर्दै उनले त्यसको तत्काल व्यवस्था गर्न अध्यक्ष तिमिल्सिनाले ध्यान नदिए आफूहरु आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिए ।

सांसद गौतमले भने, ‘मैले केही दिन अगाडि पनि भनेको छु–चार वटा जम्मा समितिहरु छन राष्ट्रिसभामा । ३ वटा समितिमा सभापति छैनन् । त्यसो भएर यो समयलाई मैले सदुपयोग गर्दै फेरि आग्रह गर्न चाहन्छु–सम्माननीय अध्यक्ष महोदय, अध्यक्ष महादयले पहलकदमी लिएर पनि हुँदैन भने राष्ट्रियसभाको अवस्था कस्तो छ भनेर हामीले बुझ्नु पर्दछ ।

राष्ट्रियसभाका सदस्यहरु कहाँ आन्दोलन गर्न जानपर्ने हो ? जानुपर्छ । तर, साँच्चिकै ध्यान अध्यक्षको पुगेको छैन भने भन्न पर्ने अवस्था आयो । उहाँले ध्यान दिनुप¥यो । मेरो सुझाव छ–एक हप्ता भित्र राष्ट्रियसभाको उपाध्यक्षको पनि निर्वाचन होस् । र, हाम्रा ३ वटा खाली भएका समितिका सभापतिहरुको पनि टुंगो लगाइयोस् ।’

सांसद गौतमले ज्येष्ठ सदस्यको हैसियतमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन सभामा पेश गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights