☰ open

ई–स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्थाका लागि होईन

२०७९ असार ३०, बिहीबार १६:४०
media khavar

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगरले ई–स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि नभएको बताएका छन्। बजेटको विषयमा सञ्चारमाध्यम उठेको प्रसंगका आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले सामाजिक सन्जालमार्फत उक्त धारणा व्यक्त गरेका हुन्।

‘ई स्पोर्टस’का लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि होइन,’ उनले लेखेका छन्, ‘ई–स्पोर्टसका खेलाडीहरुले पनि राष्ट्रको गरिमा बढाउन सक्नेछन् । यसलाई व्यवस्थित र सिर्जनशील बनाउनका लागि महानगरले बजेट छुट्याएको हो ।’

कानुनले तोकिए बमोजिमको प्रक्रिया अपनाएर पारदर्शी किसिमले बजेट कार्यान्वयन हुने उनले बताएका छन् । ‘फलानो संस्था वा फलानो खेलका लागि सुनिश्चित गर्ने जस्ता गैरकानुनी र अनैतिक कार्यमा महानगर सामेल हुने छैन ,’ उनले थपे, ‘अतिरञ्जित र अनैतिकरुपमा मेरो नाम जोडिएका समाचारहरुको खण्डन गर्दछु।’

ई–स्पोर्टसका लागि महानगरले १ करोड रुपैयाँ विनियोजन गरेकोमा मेयर बालेनको सामाजिक सन्जालमा चर्को आलोचना भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights