☰ open

आन्दोलनमा उत्रिएका अभियन्ता र सुकुमबासीहरु पक्राउ

२०७९ असार ३०, बिहीबार १९:३४
media khavar

तीनदेखि विभिन्न माग राखी आन्दोलनमा उत्रिएका चुरे तथा वनजंगल बचाउ अभियन्ता र सुकुमबासीहरुलाई प्रहरीले पक्राउ गरेएको छ। उनीहरूले तीनदिन अघि घोषणा गरेको बिहीबार जनकपुर बन्द गराउन गाउँ–गाउँबाट आएका प्रदर्शनकारीले बजार बन्द गराउन थालेपछि प्रहरीले विभिन्न चोकबाट १२६ जनालाई प्रहरीले पक्राउ गरेको हो।

जसमध्ये मध्ये ११५ महिला र ११ पुरुष रहेको धनुषा प्रहरी नायब उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ गरेर प्रहरीले सबैलाई जिल्ला प्रहरी कार्यालय लगिएको छ। उनीहरूले घोषणा गरेको जनकपुर बन्द सफल हुन नदिन बिहानैदेखि चोकचोकमा प्रहरी परिचालन गरेको थियो।

भूमिहीनको नाममा नक्कली सुकुम्बासीलाई जग्गा वितरण कार्य बन्द गर्नुपर्ने, वास्तविकलाई तत्कालै जग्गा उपलब्ध गराउनुपर्ने, वनको जग्गा अतिक्रमण रोक्नुपर्ने लगायतका माग राखेर चुरे तथा वन संरक्षण अभियानले जनकपुर बन्दको घोषणा गरेको थियो। हिजो महिलाहरुले झाडु बोकेर विरोध प्रदर्शन गरेका थिए। प्रदर्शनको क्रममा उनीहरुले मधेश प्रदेश सरकारविरुद्ध नाराबाजी गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights