☰ open

कर्मचारी आवश्यकता सम्बन्धि सुचना

२०७९ असार ३०, बिहीबार २०:४२
मिडियाखबर

कर्मचारी आवश्यकता सम्बन्धि सुचना
परिर्माजित तथा पुनः प्रकाशित मिति: प्रकाशित मितिस् २०७९।०३।२३ गते (7 July 2022)

धनुषा जिल्लाको बिभिन्न पालिकाहरुमा संचालन भईरहेको बाल सपना र बाल संरक्षण परियोजनाका] लागि तथा आन्तरिक कार्यलय सामाजिक विकास र अनुसन्धान केन्द्र जनकपुरधामद्वारा तल उल्लेखित पदहरुमा अनुभवी तथा योग्य नेपाली नागरिकहरुबाट सुचना प्रकाशित भएको मितिले  १५ दिन भित्र  दरखास्तको लागि आव्हान गरिएको छ।

पद: परियोजना संयोजक (Project Coordinator१ जना

वान्छनीय योग्यता : जनस्वास्थ्य विषयमा स्नातकोत्तर (MPH)  र २ बर्षको  कार्य अनुभब अथवा जनस्वास्थ्य विषयमा स्नातक   (BPH) र  ३-५ बर्षको कार्य  अनुभब

अनुभव:

  • परियोजना संयोजकको रुपमा प्रारम्भिक वाल विकास (ECD) को क्षेत्रमा काम गरेको l
  • कार्यक्रम योजना तर्जुमा, विस्तृत कार्यान्यवन योजना, बजेट व्यवस्थापनमा दख्खल भएको।
  • लेखा विभाग, फिल्ड टोली लगायतका परियोजना टोलीका आवश्यकताहरू बुझ्ने र गुणस्तरीय तालिम र क्षमता अभिवृद्धिका लागि स्वास्थ्य कार्यालयका साथै अन्य आन्तरिक तथा बाह्य स्रोत व्यक्तिहरूसँग समन्वय गर्न सक्ने l
  • समुदाय स्तरमा कार्यक्रम कार्यन्वयन गरको लागि जिल्ला स्वास्थ्य कार्यालय, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य सेवा केन्द्र (PHCC), HFOMC र FCHV सँग विशेष समन्वय गर्न सक्ने l
  • फिल्ड अधिकृत र सामाजिक परिचालकहरुबाट कार्यक्रमका क्रियाकलापहरु कार्यसम्पादनको नियमित अनुगमन र मुल्यांकन गर्ने
  • कम्प्यूटर संचालनमा खास गरि वर्ड, एक्सेल र पावर पोइन्टमा राम्रो दख्खल भएको तथा ईन्टरनेट सम्बन्धि राम्रो ज्ञान भएको ।
  • अंग्रेजी र नेपालीमा मासिक, चौमासिक र वार्षिक प्रगती प्रतिवेदन लेख्न सक्ने l
  • स्थानीय भाषा र परिवेशको राम्रो ज्ञान भएको ।
  • दुई पांग्रे सवारी चालक अनुमति पत्र भएको ।

पद: कार्यक्रम अधिकृत (Program Officer)१ जना महिलालाई बिशेष ग्राहयता

वान्छनीय योग्यता

जनस्वास्थ्य  विषयमा स्नातक (BPH) र २ बर्षको कार्य अनुभब अथवा स्वास्थ्य सहायक (HA), भर्इ  प्रारम्भिक वाल विकासमा ३-५ बर्षको अनुभब.

अनुभव:

  • प्रारम्भिक वाल विकास सम्बन्धि कार्यक्रमहरुमा काम गरेको ।
  • परियोजनाको योजना अनुसार सामुदायिक स्तरका क्रियाकलापहरूको योजना बनाउन र कार्यन्वयन गर्न सक्ने
  • स्थानीय सरकारको कार्यालय, प्राथमिक स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य चौकी, HFOMC र FCHV जस्ता स्थानीय तहका सरोकारवालाहरूसँग समन्वय गर्न सक्ने l
  • अभिभावक शिक्षा सत्र र संवाद सत्र सञ्चालन गर्न सामुदायिक स्तरीय सहजकर्तालाई प्राविधिक सहयोग गर्न सक्ने l
  • फिल्ड अधिकृत र सामाजिक परिचालकहरुबाट कार्यक्रमका क्रियाकलापहरु कार्यसम्पादनको नियमित अनुगमन, मुल्यांकन र सहजीकरण गर्न सक्ने l
  • कम्प्यूटर संचालनमा खास गरि वर्ड, एक्सेल र पावर पोइन्टमा राम्रो दख्खल भएको तथा ईन्टरनेट सम्बन्धि राम्रो ज्ञान भएको ।
  • दुई पांग्रे सवारीचालक अनुमति पत्र भएको ।

पद: Logistic and Procurement assistant१ जना

वान्छनीय योग्यता: बाणिज्य विषयमा १०+२ तह उतिर्ण वा सो सरह 

अनुभव:

  • कार्यालयको स्थिर सम्पत्तिको रजिस्टर र स्टक इन्वेंटोरीलाई नियमित रुपमा कायम राख्दै त्यसलाई अध्यावाधिक गर्नु पर्ने
  • जिन्सी तथा बन्दोवस्ती सम्बन्धि कार्यक्रम तथा प्रशासनिक आवश्यकताहरुलाई सहयोग गर्नु पर्ने
  • कार्यक्रम तथा संस्थाले पालना गर्नु पर्ने नियम बारे स्थानिय तथा जिल्ला स्तरमा सरोकारवालाहरुसंग समन्वय गर्न सक्ने ।
  • कार्यक्रमका सम्पूर्ण कर्मचारीहरुको विदाको रेकर्डलाई नियमित रुपमा कायम राख्दै त्यसलाई अध्यावाधिक गर्नु पर्ने
  • योजना अनुसार कार्यक्रम स्थलहरुको आवधिक अनुगमन भ्रमण गर्ने ।
  • संथागत खरिद प्रकृयाको अनुभव भएको ।
  • भेन्डर र टेन्डर छनौट प्रकृयाको अनुभव भएको ।
  • भेन्डरहरुको आवश्यक कागजातहरु बिशलेषण गर्ने अनुभव भएको ।
  • दुई पाग्रे गाडिको लाइसेन्स भएको ।
  • संस्थाद्वारा दिईएको अन्य कार्यहरु गर्ने ।

पद: fमुदायिक परिचालक – केहि महिलालाई बिशेष ग्राहयता

वान्छनीय योग्यता , प्रविणता प्रमाण पत्र उत्तीर्ण वा सो सरह 

अनुभव:

  • समुदाय परिचालनको क्षेत्रमा कम्तिमा पनि २ बर्ष काम गरेको ।
  • बालिका, किशोरी र युवा महिलाको सशक्तिकारणमा अनुभव भएको ।
  • बालबालिका र युवा व्यक्तिको संरक्षण प्रति प्रतिबद्ध रहेको ।
  • अति जोखिममा परेको बाल बालिका संरक्षण तथा बाल अभियान कार्यमा जागरुक वा रुचि भएको ।
  • पालिका तथा वडा स्तरमा समन्वय तथा योजना तर्जुमा गर्न सक्ने ।
  • कार्यक्रमका क्रियाकलापहरु स्वतन्त्र रुपमा कार्यान्वयन गर्न तथा प्रतिवेदन लेख्न सक्ने भएको ।
  • कम्प्यूटर र स्मार्ट फोन सम्बन्धि राम्रो ज्ञान भएको ।
  • स्थानीय भाषाको ज्ञान भएको स्थानीयलाई विशेष ग्राहयता र फिल्डमा रही कार्य सम्पादन गर्नुपर्ने
  • समुह कार्यहरु राम्रो संग गर्न सक्ने ।

दरखास्तका साथ संलग्न गर्नु पर्ने आवश्यक कागजातहरु:

  • नेपाली नागरीकता प्रमाणपत्रको प्रतिलिपि ।
  • कम्तीमा २ जना सन्दर्भ ब्यक्तिहरुको नाम र सम्पर्क नम्बर सहितको व्यक्तिगत विवरण (Bio-Data)
  • शैक्षिक योग्यताको प्रमाण पत्र, तालिम तथा कार्य अनुभव पुष्टि हुने कागजातहरुको प्रतिलिपि ।

नोट: आवेदनमा पदको नाम स्पष्ट उल्लेख भएको हुनु पर्ने छ । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित परिक्षा तथा अन्तरवार्ता प्रक्रियामा समावेश गराइने छ । महिला, दलित, जनजाति, मधेशी, सिमान्तीकृत स्थानीयहरुलाई उच्च प्राथमिकता दिईनेछ । कर्मचारीको पारिश्रमिक र अन्य सुविधाको हकमा संस्थाले वा यरियोजनामा तोकेको अनुसार हुनेछ । कर्मचारी भर्ना सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप हुने खालको अनावश्यक दबाव आएको ठहर भएको खण्डमा उक्त उम्मेदवारको निवेदन स्वत:अमान्य ठहरिने छ ।  कर्मचारी छनौट प्रकृया समबन्धि सम्पूर्ण निर्णय तथा अधिकार संस्थामा निहित हुनेट ।२०७९।०३।२० गते देखि

दरखास्त दिने अन्तिम मितिस् २०७९।०३।२३ गते देखि २०७९।०४।०६ गते साँझ ५:00 बजे सम्म ।

आवेदनलाई कार्यलयमा स्वयम् उपस्थित भएर अथवा इमेल मार्फत पनि पठाउन सकिने छ.

बिस्तृत जानकारी तथा आवेदन दिने सम्पर्क ठेगाना:

सामाजिक विकास र अनुसन्धान केन्द्र (SDRC)

जनकपुरधाम उपमहानगरपालिका, मिल्स एरिया-१, धनुषा, नेपाल

फोन:०४१-५-९०३७६, इमेल : vacancysdrc22@gmail.com, www.sdrcnepal.org

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights