२०७९ असार ३१, शुक्रबार १०:५१
media khavar
मन्त्रिपरिषद्को बैठक केहीबेरमा बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आकस्मिक बैठक बस्न लागेको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी छ । उक्त बैठक सकिनेबित्तिकै बालुवाटारमै मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्रिपरिषद्को बैठक बस्न लागेको जानकारी दिए ।
स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको म्याद थप तथा यसका पदाधिकारीहरुबारे निर्णय लिनेछ । दुवै आयोग र आयोगका पदाधिकारीको कार्यकाल असार मसान्तमा सकिँदैछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया