media khavar

नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसालले आमाको नाममा पनि नागरिकता दिने संवैधानिक व्यवस्थालाई नसमेटी ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक–२०७९’ ल्याएको भन्दै सरकारप्रति असन्तुष्टि जनाएकी छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा सचेतक भुसालले बुबाको पहिचान नभएका बालबालिकालाई पनि आमाको नामबाट वंशजको नागरिकता दिने संविधानमा उल्लेख गरिएको विषयलाई पनि सरकारले सो संशोधन विधेयकमा स्पष्टसँग समेटन नसकेको गुनासो गरिन् । उनले तेस्रो लिंगीले पनि नागरिकता पाउने अधिकारलाई सो संशोधन विधेयकले बेवास्ता गरेको उल्लेख गर्दै त्यसको स्पष्ट व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराइन्।
सचेतक भुसालले भनिन्, ‘नेपालको संविधानले आमा र बुबाको नाममा नागरिकता पाउने व्यवस्था गरेको छ । तर त्यो कुरालाई अहिलेको ऐनले स्पष्ट रुपमा समेटेको हामीेले देखेनौं । त्यस्तै किसिमबाट हामीले अहिलेको संविधानमा बाबुको पहिचान नभएमा आमाको नामबाट बंशजको नागरिकता दिने भनेर स्पष्ट रुपबाट व्यवस्था गरेको छ। तर,अहिलेको संशोधनमा आउँदै जाँदाखेरी बच्चा र आमाको अधिकारमाथि ठूलो प्रश्न चिन्ह खडा गरिएको छ ।
कम्तीमा आमा र बालबालिकाको अधिकारलाई त्यो स्वाभिमानलाई बचाउनका लागि त्यो आवश्यक छ। तेस्रो लिंगीले नागरिकता पाउन कुरालाई पनि यो संशोधन विधेयकले समेटन सकेको छैन। म यस सम्बन्धमा नेपाल सरकार गृहमन्त्रीजीको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’
सचेतक भुसालले तेस्रो लिंगीको नागरिकता पाउने अधिकारलाई सुनिश्चित गर्नुपर्ने दायित्वबाट सरकार पछि हटन नमिल्ने पनि पटकपटक दोहो¥याइन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया