☰ open

प्रतिनिधिसभाको प्रत्यक्ष रिर्पोटिङमा पत्रकारलाई निषेध

२०७९ असार ३१, शुक्रबार १५:५१
media khavar

शुक्रबार प्रतिनिधिसभाको प्रत्यक्ष रिर्पोटिङमा पत्रकारलाई निषेध गरिएको छ । उपसभामुखको निर्वाचन हुँदै गर्दा मर्यादापालकहरुले बाल्कोनी (ग्यालरी)मा गएर प्रत्यक्ष रिर्पोटिङ गर्न रोक लगाएका छन् ।

उनीहरुले ‘माथिको आदेश’ भन्दै पत्रकारलाई बाल्कोनी जानमा रोक लगाएका हुन् ।

प्रतिनिधि सभामा उपसभामुख चयनको प्रक्रिया सुरु भएको छ । उपसभामुखका लागि नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई प्रतिस्पर्धामा छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights