☰ open

गठबन्धन गरेर नै निर्वाचनमा जाने जसपाको निर्णय

२०७९ असार ३२, शनिबार १०:१५
media khavar

वीरगन्जमा बुधबारदेखि जारी समाजवादी पार्टी (जसपा) नेपालको बैठकपछि पार्टी अध्यक्ष उपेन्द्र यादवले शुक्रबार बिहान पत्रकार सम्मेलन गर्दै बैठकका निर्णयबारे जानकारी सार्वजनिक गरेका छन्।

यस क्रममा अध्यक्ष यादव आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गठबन्धन गरेर नै जाने बताएका छन् । ‘देशलाई अप्ठ्यारो परेको बेलामा र देशको आवश्यकता अनुसार गठबन्धन भएको हो,’ यादवले भने, ‘अहिले पनि देशको आवश्यकतालाई ध्यानमा राखी सम्भव भएसम्म गठबन्धन गरेरै अघि बढ्ने हाम्रो पार्टीको धारणा हो।’

चुनावमा तालमेल गर्ने निर्णय भने यस बैठकले गरिनसकेको र गठबन्धन सम्भव नभए जसपा एक्लै चुनाव लड्न तयार रहेको अध्यक्ष यादवले बताए। अर्को प्रसंगमा बोल्दै यादवले डा. बाबुराम भट्टराईको पार्टी फुटाउने षड्यन्त्र तुहिएको बताए। ‘जनता समाजवादी पार्टी फुटाउने सपना चकनाचुर भएको छ,’ बिहीबार राति सकिएको केन्द्रीय समितिको बैठकका निर्णयहरू सार्वजनिक गर्न राखिएको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले भने, ‘पार्टी विधानविपरीत एउटा गुट भेला गरिएको थियो तर संख्या नपुग्दा पार्टी फुटाउने बाबुरामको सपना चकनाचुर भएको छ। पार्टी फुटाउने षड्यन्त्र गरिएको थियो तर प्रयास असफल भएको छ।’

उता काठमाडौंमा भट्टराई निकटकाले भेला गरेर अर्को पार्टी बनाउने निर्णय गरिसकेकाले उनीहरूलाई पार्टीको जिम्मेवारीबाट मुक्त गरिएको जानकारी नेता यादवले सार्वजनिक गरे। पार्टीको विधानविपरीत तथा पार्टी हितविरुद्ध कार्य गरेकाले यसअघि संघीय परिषद् अध्यक्ष रहेका डा. भट्टराईसहित जना कार्यकारिणी सदस्यलाई जिम्मेवारीबाट हटाउँदै पदमुक्त गरिएको उनले बताए।

भट्टराई पदमुक्त भएपछि केन्द्रीय समिति बैठकले उनको ठाउँमा संघीय परिषद् अध्यक्षमा वरिष्ठ नेता अशोक राईलाई सर्वसम्मत रूपमा चयन गरेको अध्यक्ष यादवले बताए। भट्टराईसहित नेताहरू महेन्द्र राय यादव, हिसिला यमी, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव, दुर्गा सोबलाई पदमुक्त गरिएको यादवले पुष्टि गरे।

जसपा अध्यक्ष यादवले डा. भट्टराईलाई पार्टीमा फर्किने ढोका भने बन्द भइनसकेको समेत जानकारी गराएका छन्। डा. भट्टराईलाई पुनर्विचारका लागि आह्वान गरेर मूलधारमा फर्किने बाटो खुला राखेको यादवले बताए। पत्रकार सम्मेलनमा नेता राई, पार्टीको तर्फबाट नवनियुक्त वन तथा वातावरणमन्त्री प्रदीप यादव, महासचिव रामसहाय यादवलगायत नेताहरू सहभागी थिए ।

भने, ‘सांसद पद जान सक्ने डरले उहाँ (अमृता अग्रहरी) हाम्रो पक्षमा खुल्नुभएको छैन तर सम्पर्कमा हुनुहुन्छ।’ राजकिशोर भने भट्टराई पक्षसँग सम्पर्कमा छैनन्। अहिले भट्टराईलाई महेन्द्रले मात्र सक्रिय साथ दिएका छन्। अधिकांश मधेसी मूलका नेताले भट्टराईको साथ छाडेका छन्। ‘सानो लोभमा परेर उहाँहरूले जसरी रातारात रङ फेर्नुभयो। यो देख्दा मलाई आफैंलाई लाज लागेको छ’, भट्टराई पक्षीय कार्यकारिणी समिति सदस्य प्रशान्त सिंहले भने।

जसपा राजनीतिक रूपमा फुटे पनि कानुनी रूपमा भने अझै एक छ। आन्तरिक समीकरणमा बदलावसँगै कार्यकारिणी समितिमा अल्पमतमा परेको र कारबाहीमा परेको भट्टराई पक्ष नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेको छ। यसबारे उनीहरू आन्तरिक छलफलमा छन्।

संविधानसभाबाट २०७२ असोजमा संविधान जारी भएसँगै माओवादीबाट अलल भएका भट्टराईले २०७३ जेठमा नयाँ शक्ति पार्टी गठन गरेका थिए। २०७६ वैशाख २३ गते उनले यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरमसँग पार्टी एकता गरे। एकीकृत पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राखियो।

२०७७ वैशाख १० गते समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकता भयो। एकीकृत पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखियो। उक्त पार्टी २०७८ असार २२ गते फेरि विभाजित भयो। जसपाबाट अलग भएकमो महन्थ ठाकुर पक्षले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन ग¥यो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights