☰ open

भारत भ्रमणमा रहेका अध्यक्ष प्रचण्डले आज उच्चस्तरीय भेटवार्ता गर्ने

२०७९ असार ३२, शनिबार १०:१८
media khavar

भारत भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन्।

आज प्रचण्डले भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डासँग भाजपा मुख्यालयमा भेटवार्ता गर्ने छन्। त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशङ्करसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रचण्डले भोलि बिहान भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।त्यसपछि प्रचण्ड भोलि नै स्वदेश फर्कने छन्।

भारतीय जनता पार्टीको निमन्त्रणामा प्रचण्ड शुक्रबार भारत प्रस्थान गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights