☰ open

दाहाल र भाजपा अध्यक्ष जेपी नाड्डाबीच भेटवार्ता

२०७९ श्रावण १, आईतवार १३:२४
media khavar

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नाड्डाबीच भेटघाट भएको छ।

भारत भ्रमणमा रहेका दाहालले भाजपाका अध्यक्षलाई बीजेपी मुख्यालयमा भेटेका हुन्। भेटमा भारतीय विदेशमन्त्री एस जयशंकर पनि सहभागी थिए। उनीहरुबीच दुई देशीय सम्बन्धबारे छलफल भएको छ।

शुक्रबार नयाँदिल्ली पुगेका दाहालको भेटवार्ता जारी छ। भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा उनी भारत भ्रमणमा गएका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights