☰ open

त्रिभुवन विमानस्थलमा गत वर्ष ४८० केजी सुन बरामद

२०७९ श्रावण १, आईतवार १३:३७
media khavar

गत आर्थिक वर्ष अन्तर्राष्ट्रिय हवाई यात्रुले ल्याएको ४८० केजी सुन बरामद भएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

नयाँ आर्थिक वर्षको पहिलो दिन विमानस्थल भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ को विवरण सार्वजनिक गर्दै ३ अर्ब ८० करोड रुपैयाँ बराबरको सुन एयरपोर्टमा नियन्त्रणमा लिइएको जानकारी दिएको हो । भन्सार कार्यालयअनुसार बरामद सुनबाट ४५ करोड ५८ लाख अतिरिक्त राजस्व पनि संकलन भएको छ ।

कानुनतः विदेशबाट नेपाल आउने यात्रुले आफ्नो साथमा अधिकतम १०० ग्रामसम्म काँचो सुन भन्सार तिरेर ल्याउन पाउँछन् भने तयारी सुनको हकमा ५० ग्राम निःशुल्क र थप दुई सय ग्राम भन्सार तिरेर ल्याउन सकिने व्यवस्था रहेको छ । मापदण्डभन्दा बढी ल्याएमा वा लुकाएर ल्याएको हकमा जफत र कानूनअनुसार कारबाही हुन्छ ।

विमानस्थल भन्सारका अनुसार दैनिक औषत ३० यात्रुबाट १ केजी ५ सय ग्रामसम्म अवैध सुन बरामद हुने गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights