☰ open

इन्जिनियरलाई दक्ष बनाउन र समस्या समाधान गर्न सरकार तयार छ : प्रधानमन्त्री देउवा

२०७९ श्रावण ३, मंगलवार १५:२१
media khavar

प्रधानमन्त्री शेरबहादुर देउवाले विकास, निर्माणको कामलाई गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षलाई निर्देशन दिएका छन्।

६०औं इन्जिनियर दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले सरोकारवालाहरुबीच समन्वय कायम गरी विकास, निर्माणको कामलाई गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षलाई सचेत गराएका हुन्।

उनले जनताको आवश्यक्ता अनुसार मुलुकको समृद्धिका लागि पूर्वाधार निर्माणका लागि इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने भएकाले उनीहरु थप क्रियाशील भएर आफ्नो काममा लाग्नुपर्ने आवश्यक्ता समेत औंल्याए।

देशलाई समुन्नत र समृद्ध बनाउन सडक, पुलपुलेसा, जलविद्युत आयोजना, सूचना प्रविधिलगायतको पूर्वाधारहरुको विकासको आवश्यक्ता हुने स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले त्यस काममा इन्जिनियरहरुले आफ्नो पेशालाई थप व्यवसायिक र विशिष्ट बनाउँदै लैजाने विश्वास समेत व्यक्त गरे।

प्रधानमन्त्री देउवाले विकास, निर्माणको काममा ईन्जिनियरहरुलाई कुनै समस्या भए ती समस्यालाई तत्काल समाधान गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights