☰ open

योगेश भट्टराईको आग्रह : आउनुहोस काँग्रेससँगको गठबन्धन त्यागेर, पार्टी एकता गरौ

२०७९ श्रावण ३, मंगलवार १९:३८
media khavar

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले काँग्रेससँगको गठबन्धन त्यागेर एकतामा आउन नेकपा (माओवादी केन्द्र) र नकेपा (एकीकृत समाजवादी) लाई आग्रह गरेका छन्।

मंगलबार अनेरास्ववियु केन्द्रिय कमिटी शैक्षिक विभागले आयोजना गरेको राष्ट्रको समृद्धिको लागि दक्ष जनशक्तिको निर्माण तथा परिचालन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै एमाले सचिव भट्टराईले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई एकतामा आउन आग्रह गरेका हुन्। उनले तत्कालिन नेकपाका नेताहरु एक ठाउँमा आउनुको विकल्प नभएको बताए।

उनले विगतको डेढ वर्षलाई इतिहासको कालो वर्षको रुपमा छोडिदिएर बिर्सिनुपर्ने बताए। विगतको कुरा गरेर अगाडी बढ्न नसकिने भन्दै उनले अगाडि जाने बारेमा मात्रै सोच्नुपर्ने बताए। भट्टराईले वर्तमान सत्तारुढ गठबन्धनलाई नर्ककुण्डको संज्ञा पनि दिए। उनले घुमाउरो पारामा तत्काल एकता गर्न नसकिएमा गठबन्धन गरेर भएपनि एकै दिशातर्फ हिँड्नुपर्नेमा जोड दिए।

उनले भने, ‘अब फेरि हामी एक ठाउँमै आउनुपर्छ। त्यसको विकल्प छैन। यो बीचको एक, डेढ वर्षलाई हामीले इतिहासको एउटा कालो वर्षको रुपमा छोडिदिउँ। धेरै पछाडी नफर्किउँ कसले के ग¥यो भन्ने कुरा। जब कसले के ग¥यो भन्नेकुरामा हामी जान्छौँ हामी एक अर्कालाई चिर्थोछौँ र घाइते बनाउँछौँ। अगाडि कसरी जाने त्यो सोचौँ। त्यसकारण त्यो एउटा नर्ककुण्ड भनौँ काँग्रेससँगको गठजोड भनेको, त्यो नर्ककुण्डबाट फर्किनुपर्छ। त्यताबाट स्वर्ग गइँदैन।’

सचिव भट्टराईले देशमा राष्ट्रिय सामथ्र्य भएको शक्ति चाहिएको बताए। उनले कम्युनिष्ट तथा वामपन्थी आन्दोलनले मात्रै राष्ट्रिय सामथ्र्य हुने भन्दै यो शक्तिले मात्रै विदेशी शक्तिराष्ट्रहरुसँग आँखा जुधाएर बोल्न सक्ने बताए। देशमा राष्ट्रिय शक्ति नभएमा साम्राज्यवादीहरुले सबै प्रणाली खाइदिने उनको भनाई छ। उनले नेपाली काँग्रेस नेतृत्वको सरकारले शिक्षाको क्षेत्रमा नयाँ नीति ल्याउन नसक्ने बताए। उनले प्रधानमन्त्री शेरबहादुर देउवामा कुनै बुद्धि, विवेक र नीति नभएको टिप्पणी गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights