☰ open

निर्वाचन आयोगले आजबाट थप पाँच जिल्लामा अनलाइनमार्फत् मतदाता नामावली संकलन

२०७९ श्रावण ४, बुधबार १०:२६
media khavar

निर्वाचन आयोगले आजबाट थप पाँच जिल्लामा पनि अनलाइनमार्फत् मतदाता नामावली फारम भर्ने व्यवस्था गरेको छ।

आयोगका अनुसार आजदेखि चितवन, कास्की, मोरङ, काभ्रे र झापा जिल्लामा अनलाइन मतादाता फाराम भर्न सकिने छ।

चितवन, कास्की, मोरङ, काभ्रे र झापाबाट पनि अनलाइनबाट मतदाता फारम भर्न मिल्ने व्यवस्था गरेपछि अनलाइन मतादाता फाराम भर्ने जिल्लाहरुको संख्या आठ पुगेको छ।

यसअघि आयोगले काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा अनलाइन फाराम भर्ने व्यवस्था गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights