☰ open

प्रतिनिधिसभाबाट विधेयक पारित, इन्जिनियर बन्नका लागि लाइसेन्स अनिवार्य

२०७९ श्रावण ४, बुधबार १५:२९
media khavar

घीय संसदबाट नेपाल इन्जिनियरिङ परिषद् ऐन, ०५५ संशोधन गर्न बनेको विधेयक पारित भएको छ।

पारित विधेयकमा मुख्यतस् इन्जिनियर बन्नका लागि स्नातकसम्मको अध्ययन पूरा गरेपछि लाइसेन्स लिनुपर्ने र लाइसेन्स लिन परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको छ।

विधेयक अनुसार चिकित्सक, नर्स, वकिल। शिक्षकजस्तै इन्जिनियरहरुले लाइसेन्स परीक्षा उतीर्ण गरेपछि मात्रै नेपाल इन्जिनियरिङ परिषदबाट लाइसेन्स पाउनेछन्। लाइसेन्स पाएपछि मात्र इन्जिनियरले पेशा गर्न पाउनेछन्।

२९ जेठ २०७६ मा दर्ता भएको यो विधेयक राष्ट्रिय सभाबाट १४ पुस २०७६ मा पारित भएर फेरि प्रतिनिधिसभामा आएको थियो। राष्ट्रिय सभाबाट आएको ३० महिनापछि प्रतिनिधिसभाले पनि पारित गरेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights