☰ open

बाबुरामलाई नेकपा (समाजवादी केन्द्र) बनाउन प्रचण्डको प्रस्ताव

२०७९ श्रावण ५, बिहीबार १३:४६
media khavar

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच बुधबार भएको भेटवार्तामा पार्टी एकताका लागि छलफल भएको बताइएको छ ।

सो भेटवार्तामा प्रचण्डले भट्टराईलाई पार्टी एकता गरी नेकपा (समाजवादी केन्द्र) बनाउन प्रस्ताव गरेको स्रोतले बताएको छ। यस्तै भट्टराईले भने आफू कम्युनिष्ट पार्टीमा नफर्कने बताए पनि छलफल गरेर अगाडि बढ्ने प्रतिक्रिया दिएका छन्।

प्रचण्डका स्वकिय सचिव रमेश मल्लका अनुसार प्रचण्ड केही दिनदेखि डा. भट्टराईलगायतका शीर्ष नेताहरुसँग निरन्तर भेटघाट गरिरहेका छन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights