☰ open

उपप्रमुख सुनिताद्वारा धुलिखेल अस्पतालको भ्रमण

२०७९ श्रावण ६, शुक्रबार ०९:३३
media khavar

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बुधबार धुलिखेल अस्पतालको भ्रमण गरेकी छन्। धुलिखेल नगरपालिका प्रमुख अशोक ब्यान्जुको आमन्त्रणमा धुलिखेल पुगेकी उपमेयर डंगोलले अस्पतालको स्वास्थ्य सेवाबारे जानकारी लिएकी थिइन्।

त्यसक्रममा उनले उत्प्रेरणात्मक मन्तव्य पनि राखेकी थिइन्। उनले काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनसँगै स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राखेको बताइन्। उनले महानगरपालिकाले आगामी दिनमा स्वास्थ्यसम्बन्धी कार्यहरूमा धुलिखेल अस्पतालसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता पनि जनाएकी थिइन्।

उक्त अवसरमा काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका डिन डा. राजेन्द्र कोजूले युवा नेतृत्वले देशको भविष्य उज्ज्वल बनाउने विश्वास व्यक्त गरेका थिए। त्यस्तै धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. रामकण्ठ माकाजु श्रेष्ठले स्वास्थ्य क्षेत्रमा काठमाडौं महानगरपालिकासँग सहकार्य गर्न तत्पर रहेको बताएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights