☰ open

कोरोना संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयबाट १० बुँदे सूचना जारी

२०७९ श्रावण ६, शुक्रबार १०:१०
media khavar

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढेसँगै स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बिहीबार १० बुँदे सूचना जारी गर्दै संक्रमण रोकथाम, नियन्त्रण गर्दै जोखिमलाई कम गर्न सबै सरकारी, गैह सरकारी कार्यालयहरु तथा मानिसको भिडभाड हुने स्थानहरू, विमानस्थल, हवाई लगायत सार्वजनिक यातायातमाअनिवार्य रूपमा मास्कको प्रयोग र प्रवेशद्वारमा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने जनाएका छन्।

साथै गोष्ठी, सेमिनार, बैठक जस्ता भिडभाड हुने कार्यक्रमहरूमा मास्कको प्रयोगलाई अनिवार्य गर्ने र स्यानिटाइजरको व्यवस्था मिलाउन समेत अनुरोध गरेको छ ।

विद्यालय, विश्वविद्यालय, धार्मिक स्थल, भिडभाड हुने प्रकृतिका व्यवसायिक तथा मनोरञ्जन स्थलहरू, स्टेडियम आदि सार्वजनिक स्थलहरूमा मास्कको अनिवार्य प्रयोग गर्न प्रेरित हुने वातावरण गर्न र स्वास्थ्य संस्थाहरूले संक्रमण रोकथाम नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि आवश्यक व्यवस्थापन गर्नु गराउन भनेको छ ।

कोभिड १९ विरुद्धको खोप कार्यक्रमलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न सबैले खोप नलगाएका, पूर्ण तथा अतिरिक्त बुस्टर मात्रा लगाउने समय भएका व्यक्तिलाई खोप लगाउनु हुन तथा लगाउने व्यवस्था गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

अन्तर्राष्ट्रिय हवाई तथा स्थलगत प्रवेश नाकाहरूमा निगरानी थप बलियो र प्रभावकारी बनाउन सहयोग गर्न र भिडभाड हुने स्थानहरूमा कोभिड १९ नमूना परीक्षण अभियान सञ्चालन गरी समदाय स्तरमा कोभिडको अवस्थालाई थप विश्लेषण गर्दै प्रभावकारी कदमहरू दिन निर्देशन दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights