☰ open

भारत लैजान लागिएका ८ ट्रक सुपारी प्रहरीको नियन्त्रणमा

२०७९ श्रावण ६, शुक्रबार १३:२३
media khavar

प्रहरीले भारत लैजान तयार गरिएको ८ ट्रक सुपारी नियन्त्रणमा लिएको छ। विराटनगर महानगरपालिका–१८ बुधनगर हुँदै भारततर्फ लैजान लागिएको ८ ट्रक सुपारी बिहीबार राति प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले नियन्त्रणमा लिएको सुपारी २ हजार ६७८ बोरा छ। ८ वटा ट्रकमा २ लाख १९ हजार ५९६ किलोग्राम सुपारी रहेको प्रहरीले बताएको छ। युपी ४५ टी १६२४, एमपी ०९ एचजी ८३२०, एमपी २२ एच १०३१, युपी ५० बिटी ७२७७, युपी ६२ बिटी ८१२१, युपी ५४ टी ६४२९, युपी ५० एटी ३१५८ र युपी ६२ सिटी ०६२७ नम्बरको भारतीय ट्रकसहित नियन्त्रणमा लिइएको सुपारीको नेपाली मूल्य साढे ८ करोड रूपैयाँ बराबर रहेको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार ठूलो परिणामाको सुपारी भारत जाँदै गरेको सूचना पाएपछि नियन्त्रणमा लिएको हो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights