☰ open

वामपन्थी र समाजवादी शक्तिहरुको एउटै मोर्चा बनाएर निर्वाचनमा जाउ : खनाल

२०७९ श्रावण ८, आईतवार १९:३२
media khavar

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सांसद झलनाथ खनालले वामपन्थी र समाजवादी शक्तिहरुको एउटै मोर्चा बनाएर निर्वाचनमा जानुपर्ने बताएका छन्।

आइतबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै पूर्वप्रधानमन्त्री खनालले देशका वामपन्थी र समाजवादी शक्तिहरुको एउटै मोर्चा बनाएर निर्वाचनमा जाने छलफल भइरहेको बताएका हुन्। उनले यस सम्बन्धमा दुई पटक छलफल भइसकेको र छलफलको क्रम जारी रहेको उल्लेख गरे। उनले देशको आवश्यकता वामपन्थी शक्तिहरु एकै ठाउँमा आउनु भएपनि कतिपपय समूह त्यसका निम्ति तयार नभएको बताए।

उनले भने, ‘हामी जम्माजम्मी दुई पटक बसेका छौँ। छलफल जारी छ। हामी यो देशका वामपन्थी र समाजवादी पार्टी, समूहहरु एकतावद्ध भएर एउटा मोर्चा बनाएर चुनावतिर जाउँ भन्नेखालका कुरा सोच्दैछौँ। सल्लाह गर्दैछौँ। आवश्यकताको दृष्टिले सबै वामपन्थीहरु एक ठाउँमा आउनु अहिलेको आवश्यकता हो। तर कतिपय समूह तयार नै छैन। आउने चुनावमा बिल्कुलै सम्मानजनक ढंगले सबैको बीचमा सहमति हुनुपर्ने आवश्यकता छ।’

उनले तत्कालिन आवश्यकता पाँच दलिय गठबन्धनको भएपनि दीर्घकालिन आवश्यकता भने वाम एकता रहेको बताए। वाम एकताको सम्बन्धमा नेकपा (एमाले) सँग पनि कुराकानी चलेको भएपनि प्रभावकारी भने नभएको उनको भनाई छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights