☰ open

अर्थमन्त्री प्रकरण : सिंहदरबार दक्षिण र पूर्वी प्रवेशद्वारको सिसिटीभी फुटेज समितिले माग्यो

२०७९ श्रावण ९, सोमबार १०:४६
media khavar

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न बनेको संसदीय छानबिन समितिले सिंहदरबारदक्षिण र पूर्वी प्रवेशद्वारको सिसिटीभी फुटेज मगाएको छ । आइतबार बसेको समिति बैठकले अर्थ मन्त्रालयको फुटेज फेला नपरेपछि उक्त फुटेज मागेको हो।

नेपाल प्रहरीको विद्युतीय विधि विज्ञान प्रयोगशालाको छानविन प्रतिवेदन आउन अझै समय लाग्ने उक्त फुटेज मगाउने निर्णय गरिएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए।

बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराउँदै राजश्वको दरमा हेरफेर गरेको आरोप शर्मामाथि लागेको थियो। यही प्रकरणका कारण शर्माले राजीनामा दिएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights