☰ open

डा.विमला राई प्रश्न : ‘कसको दवाव, इच्छा र चालमा राखिएको’

२०७९ श्रावण ९, सोमबार १५:०७
media khavar

राष्ट्रिय सभाकी सदस्य डा.विमला राई पौडेलले नेपाली नागरिकसँग विवाह गरेर आउने महिलालाई तुरुन्त नागरिकता दिने प्रावधान ‘कसको दवाव, इच्छा र चालमा राखिएको’ भन्दै सरकार र गठबन्धन दलका नेताहरुलाई प्रश्न गरेकी छिन्।

प्रतिनिधीसभाबाट पास भएको नोपल नागरिकता पहिलो संशोधन विधेयक २०७९ माथिको सैद्धान्तिक छलफलमा भाग लिदै उनले प्रतिनिधीसभाले बिवाह गरेर आउने महिलालाई ७ बर्षपछि नागरिकता दिने प्रावधानको विपरित बिवाह गर्ने बित्तिकै दिने प्रावधान राखियो भन्दै प्रश्न गरेकी हुन्।

‘विधेयक संशोधनको मौका छोपेर केही डरलाग्दो प्रावधान आएको छ। यसमा विशेषगरी गठबन्धनका नेताहरुले बलमिच्याई गरेका छन्। सांसदहरुको स्वविविकिय अधिकार मिचिएको छ। यो सरकारले बलमिच्याई किन गर्याे?’, डा.राई पौडेलले भनिन्।

उनका अनुसार सार्क मुलुकहरुमा विवाह गरेर आउने महिलाले नागरिकता लिनका लागि समय सिमा तोकिएको छ। सार्कका मुलुकका भारत, अफगानिस्ता र श्रीलकामा विवाह भएको ७ बर्षपछि मात्र विवाहित अंगिकृत नागरिकता पाउने व्यवस्था छ। पाकिस्तानमा ६ बर्ष, मालदिभ्समा १२ र बंगलादेशमा २ बर्षपछि मात्र नागरिकता दिने प्रावधान छ।

‘नेपालमा किन ७ वर्ष, प्रतिनिधीसभाले ७ बर्ष भन्दा भन्दै यो सरकारले किन बलजफ्ती ल्यायो’, डा. राई पौडेलले भनीन्। उनले विधेयकमा लैंगिक विभेद र पितृसत्ताको बलमिच्याई प्रष्ट देखिएको पनि बताइन। ‘पुरुषले विवाह गरेर ल्याउने महिलाका लागि प्रावधान राखियो छ। तर छोरीले विवाह गर्ने विदेशी पुरुषका लागि कुनैपनि प्रावधान राखिएन’, डा. राई पौडेलले भनिन्।

प्रतिनिधिसभामा करिब २ वर्षअघि पेश गरिएको यो विधेयक त्यतिबेलै राज्य व्यवस्था समितिमा पठाइएको थियो। राज्य व्यवस्था समितिबाट सर्वसम्मत पारित नभएपछि अल्पमत र बहुमतले छुट्टाछुट्टै प्रतिवेदन तयार गरेका थिए।

‘जे गरेपनि समितिमै छलफल भएर आएको विधेयकमै काम नगरेर अनाहकमा रुपमा विधेयक फिर्ता लगेर कसको दबाव, इच्छा र चालमा यो भइरहेको छ?’, उनले भनिन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights