☰ open

संघ र प्रदेशको निर्वाचनका लागि शक्ति केन्द्रित

२०७९ श्रावण ९, सोमबार १५:४८
media khavar

नेकपा एमालेले गत स्थानीय तहको निर्वाचनको समीक्षा गर्दै आगामी संघ र प्रदेशको निर्वाचनका लागि सम्पूर्ण शक्ति केन्द्रित गर्ने बताएको छ। आगामि निर्वाचन केन्द्रीत गरेर अभियान संचालन गर्ने एमालेको तयारी छ। त्यो अभियान संचालन गर्ने क्रममा पहिलो भेलाको सुरुवात पोखराबाट सुरु गरेको एमालेले जानकारी दिएको छ।

एमाले गण्डकी प्रदेश कार्यालयका सचिव माधव बाँस्तोलाले सोमबार विज्ञप्ती जारी गर्दै प्रदेश अन्तर्गतका जिल्ला, स्थानीय तह, वडासहित टोलटोलमा चुनाव केन्द्रीत अभियानका गतिविधि संचालन गर्ने उल्लेख गरेका छन। यस अभियानमा एमालेले सम्पूर्ण शक्तिलाई परिचालन गर्ने योजना बनाएको बाँस्तोलाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

यो अभियानले एमालेलाई जनतासँग जोड्ने उनले बताएका छन्। अभियानको क्रममा वर्तमान सरकारका गतिविधि, मंहगी, भष्ट्राचार, असमान बजेट वितरण, परिवारको नाममा भएका ट्रष्टमा करोडौं रुपैयाँ वितरण गरि राज्यको रकम दुरुपयोग, बैदेशिक हस्तक्षेपबारे जानकारी दिलाउने विज्ञप्तीमा जनाइएको छ। ‘एमालेको पालामा जारी गरेको चुच्चेनक्साको बारेमा भारतसँग गर्नुपर्ने कुटनैतिक कदमको विषय, सिमा अतिक्रमण भईरहँदा सरकार मुकदर्शक बनेको, बजेट निर्माण गर्दा भएको नितिगत भ्रष्ट्राचार, एमसीसी, एसपीपी लगायतमा सत्तारुढ गठवन्धनले गरेको ज्यादतीको भण्डाफोर यही अभियानका क्रममा गरिनेछ,’ विज्ञप्तीमा उल्लेख छ।

‘आगामी निर्वाचनमा गण्डकी प्रदेशमा एमालेलाई पहिलो शक्तिको रुपमा स्थापित गर्न यो अभियानको प्रमुख भुमिका रहनेछ,’ विज्ञप्तीमा भनिएको छ, ‘स्थानीय निर्वाचनमा भएका कमि कमजोरी आगामी निर्वाचनमा दोहोरिन नदिनको लागी एमालेले संगठन सुदृढिकरणको कामलाई व्यवस्थित गर्न लागेको हो।’

प्रशिक्षण कार्यक्रमको उद्घाटनमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एमाले गण्डकी प्रदेशले आफ्नो शक्तिलाई व्यवस्थित रुपमा संचालन गर्न सकेमा गठवन्धनले पनि यसलाई पराजित गर्न नसक्ने बताईन।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights