☰ open

गृहमन्त्रालयको पत्र : सिंहदरबारको गेटको सीसीटीभी फुटेज १६ दिनभन्दा बढी नरहने

२०७९ श्रावण १०, मंगलवार १५:१२
media khavar

गृहमन्त्रालयले सिंहदरबारको गेटको सीसीटीभी फुटेज १६ दिनभन्दा बढी नरहने भन्दै छानविन समितिलाई पत्र पठाएको छ। समितिले सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाएसँगै गृहमन्त्रमलयले उक्त पत्र लेखेको हो।

छानविन समिति बैठकले थप प्रमाण जुटाउने क्रममा जेठ १४ गते राति सिंहदरबार आउजाउ गरेकाहरू हेर्न दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाउने भएको निर्णय गरेको थियो।

समितिले प्रहरीको फरेन्सीक ल्याबमा पठाएको अर्थमन्त्रालयको सीसीटीभीको हार्डडिस्कको रिकभर भिडियोसहितको रिपोर्ट सोमबार आइसकेको छ।

जेठ १४ गतेको सीसीटीभी फुटेज रिकभर भए पनि मन्त्रालय छिरेको मान्छे भने प्रष्ट नभएको बताइएको छ। सीसीटीभी फुटेज सम्बन्धमा समितिले आज ४ बजे फरेन्सिक ल्याबका विज्ञसँग छलफल गर्दैछ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights