☰ open

स्थानीय तह निर्वाचनमा ५ अर्ब ४ करोड खर्च, ३ अर्ब बढी सरकारलाई फिर्ता

२०७९ श्रावण १०, मंगलवार १८:४०
media khavar

गएको बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचन,२०७९ मा कुल रु. ५ अर्ब ०४ करोड ०३ लाख ९२ हजार ८ सय ७६ रुपौँया खर्च भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको कुल खर्चमध्ये २०.३६ प्रतिशत आयोगको सचिवालयबाट गरेको थियो भने बाँकी रकम विकेन्द्रिकृत ढंगले विभिन्न मन्त्रालय र अन्य कार्यालयबाट खर्च भएको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेले जनाकारी दिएका छन् ।

आयोगले नेपाल सरकारबाट निकासा गरेको कुल रु.८ अर्ब ११ करोडमा निर्वाचन कार्यको लागि सो रकम खर्चभएको उनले बताए । आयोगले रु. ३ अर्ब ६ करोड ९६ लाख ७ हजार १ सय २४ रुपैँया सरकारलाई फिर्ता गरिएको समेत उनले बताए ।

प्रवक्ता पौडेका अनुसार आयोगको सचिवालयबाट रु.१ अर्ब २ करोड ६३ लाख १२ हजार १२९ भएको थियो भने ७५३ मुख्य/निर्वाचन अधिकृतको कार्यालयबाट रु.३ अर्ब ५४ करोड १२ लाख ७३ हजार ६१७ र  जिल्ला निर्वाचन कार्यालयबाट रु.४१ करोड ३३ लाख ७ हजार १३० रुपैँया अर्च भएको थियो । त्यस्तै गृह मन्त्रालयमार्फत मतपेटिका ढुवानी खर्च रु.४ करोड ५० लाख र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत रु.१ करोड ४५ लाख खर्च भएको उनले बताए ।

संविधानसभा निर्वाचन, २०७० मा आन्तरिक र बाह्य स्रोत गरी रु. ५ अर्ब ९८ करोड ८९ लाख ९५ हजार ८० रुपैँया खर्च भएकोमा प्रतिमतदान केन्द्रकोरु. ३ लाख १८ हजार ९ सय ८८ रुपौँया खर्च भएको थियो । यो निर्वाचन प्रतिमतदाता खर्च रु. ४ सय ९३ पर्न गएको थियो । त्यसैगरी स्थानीय तह निर्वाचन, २०७४ मा आन्तरिक र बाह्य स्रोत गरी जम्मा रु ७ अर्ब १५ करोड ७७ लाख १९ हजार ९ सय ६२ रुपैँया खर्च हुँदा प्रतिमतदान केन्द्र रु. ३ लाख ८५ हजार ३ सय ८३ खर्च भएको थियो र प्रति मतदाता खर्च रु. ५ सय ९ भएको थियो ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन, २०७४ मा आन्तरिक स्रोतबाट रु.७ अर्ब ८० करोड १४ लाख ४९ हजार एक सय २१ रुपैँया खर्च भएको थियो भने बाह्य स्रोतबाट प्राविधिक र व्यवस्थापकीय सहयोग मात्र लिइएको थियो । उक्त निर्वाचनमा प्रतिमतदान केन्द्रको खर्च रु. ३ लाख ९३ हजार अठ सय ३४ भएकोमा प्रतिमतदाता खर्च रु.५ सय ६ रहेको थियो ।

हालै सम्पन्न स्थानीय तह निर्वाचन, २०७९ मा आन्तरिक स्रोतबाट रु.५ अर्ब ४ करोड ३ लाख ९२ हजार आठ सय ७६ खर्च भएको छ । बाह्य स्रोतबाट सामान्य प्राविधिक र व्यवस्थापकीय सहयोग मात्र लिइएको थियो । यस निर्वाचनमा प्रति मतदानकेन्द्रको खर्च रु. २ लाख २९ हजार ५ सय ७८ भएको थियो भने प्रतिमतदाता खर्च रु २ सय ८४ पर्न आएको छ । यसको आधारबाट स्थानीय तह सदस्य निर्वाचन, २०७९ पछिल्ला निर्वाचनहरूको तुलननामा सबैभन्दा मितव्ययी निर्वाचन हुन गएको आयोगका प्रवक्ता पौडेले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights