☰ open

स्थानीय तह निर्वाचनमा प्रमुख पद जित्नेमा कांग्रेस पहिलो, एमाले दोस्रो

२०७९ श्रावण १०, मंगलवार १९:११
media khavar

निर्वाचन आयोग, नेपालले गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले १३७ पुरुष र ४ महिला गरी १४१ प्रमुख पद जितेको बताएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नेपाली काँग्रेसले प्रमुख पदमा २२ लाख ७९ हजार ३६३ प्राप्त मत गरेको छ। त्यस्तै उपप्रमुखमा नेपाली काँग्रेसले २२ पुरुष, ८८ महिला गरी जम्मा ११० सिट जितेको छ। जसमा प्राप्त मत १५ लाख १५ हजार ३९८ रहेको छ।

त्यस्तै नेपाली काँग्रेसले अध्यक्ष १८८ र १९० सिट उपाध्यक्षको जितेको छ। त्यस्तै नेकपा एमालेले ७७ पुरुष ६ महिला ८३ सिट प्रमुखमा जितेको छ। प्रमुख पदमा प्राप्त मत २३ लाख ४८ हजार ७०९ रहेको छ भने उपप्रमुखमा ११ पुरुष, १०४ महिला गरी ११५ सिटमा विजयी भएको छ। उपप्रमुखमा २२ लाख ७० हजार ३२४ प्राप्त मत गरेको छ भने अध्यक्षमा १२३ र १२६ सिट उपाध्यक्षमा जितेको छ।

त्यस्तै नेकपा ९माओवादी केन्द्र० ले २४ पुरुष १ महिला गरी २५ प्रमुखमा जित हात पारेको छ। प्रवक्ता पौडेलका अनुसार प्रमुखमा माओवादी केन्द्रले ६ लाख २७ हजार ६९३ मत प्राप्त गरेको छ। उपप्रमुखमा १८ पुरुष १५ महिला गरी ३३ सिट जित्दा मत ९ लाख ४९ हजार ८५८ पाएको छ भने अध्यक्ष ९६ र उपाध्यक्ष, ९५ ठाउँमा पाएको छ। त्यस्तै जनता समाजवादी पार्टी, नेपालले प्रमुखमा ९ सिट प्राप्त गरेको छ। जसमा सबै पुरुष छन्। त्यस्तै प्राप्त मत ३ लाख ३ हजार २६१ रहेको छ। उपप्रमुखमा २ पुरुष १० महिला गरी १२ सिट जितेको छ भने उपप्रमुखमा प्राप्त मत ३ लाख २१ हजार ८९३ रहेको छ।

अध्यक्षमा २१ र उपाध्यक्षमा १९ सिट जितेको छ। त्यस्तै नेकपा ९एकीकृत समाजवादी० ले ११ पुरुष १ महिला गरी प्रमुखमा १२ सिट जितेको छ। प्रमुख पदमा आएको मत ३ लाख १८ हजार २६० रहेको छ। उपप्रमुखमा ४ पुरुष, ७ महिला गरी ११ सिट जितेको छ भने प्राप्त मत ३ लाख ८८ हजार २०५ रहेको छ। प्रवक्ता पौडेलका अनुसार एकीकृत समाजवादीले अध्यक्ष ८ ठाउँमा र उपाध्यक्ष १२ स्थानमा जितेको छ।

यस वर्ष कुल मतदाता १ करोड ७७ लाख ३३ हजार ७२३ रहेका थिए। जसमा पुरुष मतदाता ८९ लाख ९२ हजार १० र महिला मतदाता ८७ लाख ८१ हजार ५३० थिए। अन्य मतदाता १८३ जना थिए। स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलको संख्या २४ रहेको निर्वाचन आयोगले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights