☰ open

नागरिकता विधेयक पारित भएसँगै मधेसमा खुशी छाएको छ : डा. कोइराला

२०७९ श्रावण ११, बुधबार १५:१२
media khavar

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले काँग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्ने बताएका छन् ।

प्रेस युनियन पर्साले बुधबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले नेपाली काँग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्ने बताउँदै नागरिकता विधेयक संसदबाट पारित भएसँगै मधेसमा धेरै जनताहरुमा खुशी छाएको बताएका हुन्।

उनले काँग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्ने विषयमा छलफल भइरहेको बताए। उनले गठबन्धनका अन्य दलहरुले सबैकुरा आफूहरु नै हो भन्ने सोचिरहेको उल्लेख गर्दै काँग्रेस नेपालको पुरानो, ठूलो र स्थानीय निर्वाचनमा सबैभन्दा धेरै सिट जितेको पार्टी भएको स्मरण गराए। नेता कोइरालाले सबैलाई समेटेर हिँड्ने काँग्रेसको सोच रहेको स्पष्ट पारे।

उनले नेपाली काँग्रेसका पूर्व सभापति स्व. गिरीजाप्रसाद कोइरालाको कथनलाई स्मरण गर्दै सहमति, सहकार्य र एकताको भावनाले अगाडि बढे मात्रै काँग्रेसको भविष्य उज्वल हुने तर्क गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights