☰ open

एमाले अध्यक्ष ओली तीन दिनसम्म झापामै कार्यकर्ता र मतदातासँग अन्तरक्रिया गर्ने

२०७९ श्रावण ११, बुधबार १५:२०
media khavar

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तीन दिनसम्म झापा क्षेत्रनम्बर ५ का कार्यकर्ता र मतदातासँग अन्तरक्रिया गर्ने भएका छन्। ओली बुधबार बिर्तामोडमा उत्पीडित जातीय मुक्ति समाजको कार्यक्रममा सहभागी हुनेछन्।

नेकपा एमाले प्रदेश १ कमिटीका सचिवालय सदस्य एवम् झापा जिल्ला इञ्चार्ज होमबहादुर थापाका अनुसार बुधबार झापाको बिर्तामोडमा हुने एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने बाहेक १३ गते साँझसम्म उनले झापाका नेता, कार्यकर्ता र मतदाताहरुसँग एक्लाएक्लै तथा सामूहिक रुपमा भेटघाट गर्ने छन्।

त्यहाँ ओलीसँग भेटघाट गर्ने नेता–कार्यकर्ताहरुको नामावली पहिले नै संकलन गरिसकेको थापाले बताए। (भोलि) बिहीबारदेखि भने सार्वजनिक कार्यक्रममा सहभागी नभएर कार्यकर्ता लक्षित कार्यक्रम तय गरिएको उनले बताए।

बिहीबार बिहान ९ बजेदेखि नै ओलीले कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ। ओलीले दमक, गौरादह, कमलका स्थानीय जनप्रतिनिधि, युवासंघका प्रतिनिधि, अगुवा कार्यकर्ता र मतदाताहरूसँग छलफल गर्ने छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights