☰ open

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गर्यो एसइईको नतिजा, नतिजा यसरी हेर्नुहोस्

२०७९ श्रावण ११, बुधबार १७:५९
media khavar

राष्ट्रिय परीक्षा बोर्डले आज अपराह्न माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७८ को नतिजा सार्वजनिक गरेको छ ।
बोर्डले एसइई परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले परीक्षामा सहभागीमध्ये चार लाख ९५ हजार सात सय ५१ परीक्षार्थीको नतिजा सार्वजनिक गरेका हुन ।

सदस्य सचिव अर्यालले यस वर्ष उच्च श्रेणीमा उत्तीर्ण हुने विद्यार्थी १.९४ प्रतिशत रहेको बताउ । उच्च श्रेणी ३.६ देखि ४ जिपिए ल्याउने नौ हजार छ सय ३३ अर्थात् १.९४ प्रतिशत छन् ।

त्यस्तै, ४१ हजार छ सय २७ विद्यार्थीले ३.२ देखि ३.६ जीपीए, ६९ हजार नौ सयले २.८ देखि ३.२ जीपीए ल्याएका छन् । ९० हजार ७५८ जनाले २.४ देखि २.८ जीपीए ल्याएका छन् ।

त्यस्तै एक लाख १२ हजार सात सय ३३ विद्यार्थीले २ देखि २.४ जीपीए, एक लाख पाँच सय ९४ जनाले १.६ देखि २ जीपीए, ४४ हजार पाँच सय ८६ विद्यार्थीले १.२ देखि १.६ जीपीए र तीन हजार दुई सय ८० विद्यार्थीले ०.८ देखि १.२ जीपीए ल्याएको उहाँले जानकारी दिए ।

सदस्य सचिव अर्यालले यस वर्ष १.९४ प्रतिशतले ३.६ देखि ४ जिपिए, ८.४० प्रतिशतले ३.२ देखि ३.६ जिपिए, १४.१० प्रतिशतले २.८ देखि ३.२ जीपीए, १८.३१ प्रतिशतले २.४ देखि २.८ जीपीए ल्याएका छन् ।

त्यस्तै २२.७४ प्रतिशतले २ देखि २.४ जीपीए, २०.२९ प्रतिशतले १.६ देखि २ जीपीए, ८.९९ प्रतिशतले १.२ देखि १.६ जीपीए र ०.६६ प्रतिशतले ०.१ देखि १.२ जीपीए ल्याएको उनले जानकारी दिए ।

परीक्षामा २२ हजार छ सय ४० अर्थात् ४.५७ प्रतिशत परीक्षार्थी अनुपस्थित रहेको सदस्य सचिव अर्यालले जानकारी दिए ।

त्यसैगरी प्रदेशतर्फ प्रदेश नं १ मा १७.४ प्रतिशत, मधेस प्रदेशमा १५.५ प्रतिशत, वाग्मती प्रदेशमा २१.६७ प्रतिशत, गण्डकी प्रदेशमा ९.३० प्रतिशत, लुम्बिनी प्रदेशमा १७.४५ प्रतिशत, कर्णाली प्रदेशमा ७.५३ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ११.५ प्रतिशत विद्यार्थीको नतिजा सार्वजनिक गरिएको छ ।

नतिजा यसरी हेर्नुहोस्

राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित गरेको एसइई परीक्षाको नतिजा सहजै हेर्ने व्यवस्था गरेको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले नतिजा सहजै हेर्ने व्यबस्था गरेको जानकारी दिए । यसका लागि विद्यार्थीले वेबसाइड, एसएमएस र आइभिआरबाट हेर्न सकिने व्यवस्था गरेको उनले जानकारी दिएका छन् ।

परीक्षाको नतिजा हेर्नका लागि नेपाल टेलिकमको १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ । त्यस्तै एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटमा नतिजा हेर्न सक्ने व्यवस्था गरेको उनले बताए ।

एसएमएसका लागि ३१००३, ३४९४९, १६००, ३५००१ र ३३६२४ मा डायल गर्न सक्ने व्यवस्था गरिएको छ । नतिजाका हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको वेबसाइट www.see.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको www.neb.gov.np नेपाल टेलिकमको www.see.ntc.net.np वेबसभाइट लगायतबाट पनि नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights