☰ open

यम बुद्धको नाममा पार्क बनाउने एक करोड विनियोजन

२०७९ श्रावण १२, बिहीबार ०९:५८
media khavar

काठमाडौं महानगरपालिकाले स्व. यम बुद्धको नाममा पार्क बनाउने भएको छ । त्यसका लागि महानगरले चालू आर्थिक वर्ष ०७९/८० का लागि एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

महानगरले यसअघि ¥यापर यम बुद्धको सालिक बनाउन चालू आवको बजेटमा १५ लाख बजेट विनियोजन गरेको थियो । तर, सालिक बनाउने निर्णयको विरोध भएपछि काठमाडौं–१६ खुसिबुस्थित नयाँबजारमा रहेको सार्वजनिक जग्गामा ‘यम बुद्ध’को नाममा पार्क बनाउने गरी बजेट छुट्याएको हो ।

महानगरका प्रवक्तासमेत रहेका वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरले विष्णुमतीको किनारामा खाली रहेको जग्गामा यम बुद्धको नाममा पार्क बन्ने बताए । ‘त्यहाँ सार्वजनिक जग्गा छ, महानगरभित्रको सार्वजनिक जग्गा संरक्षणको दायित्व महानगरको हो, त्यसैमा पार्क बन्नेछ,’ उनले भने ।

बम
तर, पार्कमा यम बुद्धको सालिक भने नरहने उनले बताए । ‘पहिले सालिक बनाउने भनिएको हो, जनस्तरबाट विरोध भएपछि पार्क बनाउने निर्णय लिएका छौँ,’ अध्यक्ष मानन्धरले भने, ‘भोलि यो निर्णयको पनि विरोध भएछ, त्यहाँका जनताले मानेनन् भने फेरि सच्याउँला ।’

यसअघि सालिक बनाउने निर्णयको विरोध भएपछि काठमाडौं महानगरका मेयर बालेन्द्र साहले ‘आफ्नो तलबबाट सालिक बनाउने घोषणा’ गरेका थिए । तर, स्थानीय तहका जनप्रतिनिधिले मासिक तलब लिन मिल्ने कानुनी व्यवस्था नै नरहेको भन्दै आलोचना भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights