☰ open

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम : नवप्रवर्तनका लागि पूँजी तथा व्यवसायिक ज्ञान परिचालन गर्ने

२०७९ श्रावण १२, बिहीबार १८:२०
media khavar

नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । एक कार्यक्रमका बीच आज हिमालय होटलमा सार्वजनिक भएको नीति तथा कार्यक्रममा बोर्डले बुक बिल्डिङका लागि अटोमिटिक इलेक्ट्रोनिक सिस्टम बनाउने उल्लेख छ । बुक बिल्डिङ प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय रूपमा प्रयोगमा रहेको अटोमेटिक इलेक्ट्रोनिक सिस्टम प्रयोगमा ल्याउने बोर्डले जनाएको छ ।

बजेटमा उल्लेख भएका १ अर्ब सोभन्दा बढी र पूँजी ५ अर्बभन्दा बढी कारोबार गर्ने प्राकृतिक स्रोतको प्रायोग गर्ने कम्पनीलाई सार्वजनिक निष्कासन गर्ने व्यवस्था कार्यन्वयन अगाडि बढाउने घोषणा पनि बोर्डले गरेको छ ।

नवप्रवर्तनका लागि पूँजी तथा व्यवसायिक ज्ञान परिचालन प्राइभेट गर्ने इक्विटी तथा भेन्चर क्यापिटल क्षतिपूर्ति कोषको व्यवस्था गरेर त्यसको जोखिममा आधारित सुपरीवेक्षणमा ‘म्यानुअल’ लागू गर्ने नीति पनि बोर्डले लिएको छ ।

वस्तु विनिमय बजार (कमोडिटी एक्स्चेन्ज) को नयाँ आवेदन माग गर्ने र लाईसेन्स दिने घोषणा पनि बोर्डले गरेको छ । यसअघि दुई पटक आवेदन माग भएकोमा खारेज भएको थियो ।

थप धितोपत्र दलाल व्यवसायी लाइसेन्स दिने र दोस्रो बजार पुर्ण रूपमा विद्युतिय कारोबारमा अधारित बनाउने घोषणा पनि बोर्डले गरेको छ । नयाँ उपकरण, सर्ट सेलिङ, इन्ट्रा डे ट्रडिङको अध्ययन गर्ने योजना पनि ल्याएको छ ।

बोर्डका कर्मचारी मनोबल उच्च बनाउन कर्मचारीका लागि कर्मचारी सवारी सुविधा योजना तर्जुमा गरी लागू गर्ने नीति पनि बोर्डको छ । नेपाल धितोपत्र बोर्ड कर्मचारी सेवा शर्त नियममवलीलाई समयानुकुल बनाउने र बोर्ड पदाधिकारीहरूको आचारसंहितालाई पुनरावलोकन गरी सामयिक बनाइने बोर्डको नीति तथा कार्यक्रममा उल्लेख छ ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights