☰ open

अहिलेका राजनीतिकर्मीहरु जनताबाट धेरै टाढा भइसके : नेता कोईराला

२०७९ श्रावण १२, बिहीबार १८:३२
media khavar

नेपाली काँग्रेसका नेता डा.शेखर कोईरालाले देशमा सुशासन नरहेको दाबी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित डा.दीपकप्रकाश बास्कोटाद्वारा लिखित निष्ठाको यात्रा नामक कृतिको लोकार्पण एवं वैदिक नेपालको भविष्य नामक समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।

नेता कोईरालाले नेपाललाई श्रीलंका नबनाउने हो भने देशमा दण्डहीनताको अन्त्य, भ्रष्टाचार निर्मुल र सुशासन दिन सक्नुपर्ने बताए। उनले अहिलेका राजनीतिकर्मीहरु जनताबाट धेरै टाढा भइसकेको बताए। उनले राजनीतिक गर्नेहरुले जनतासँग जोडिन आवश्यक रहेको बताए। नेता कोईरालाले ज्नतासँग जोडिन कन्जुस्याईं गर्दा जनताले राजनीतिको फाइदा लिन नसक्ने जिकिर गरे।

नेता कोईरालाले भने, ‘हामी राजनीति त गर्छौं तर जनतासँग धेरै टाढा भइसकेका छौँ। जनतासँग नजोडिकन हामी राजनीति गर्न थाल्यौं भने राजनीतिज्ञ त हौंला, भइन्छ तर वास्तवमा जनताले त्यसको फाइदा राजनीतिज्ञसँगबाट लिन पाउँदैनन्। त्यसकारण हामी जो राजनीति गर्छौं, जनतासँग जोडिन अत्यन्त जरुरी छ। राजनीति गर्ने व्यक्तिहरुमा र जो प्रजातन्त्रवादी हुन्छ, त्यसमा नैतिकता भएन भने फेरि राजनीति नगरे हुन्छ। नैतिकताको धेरै अंश राजनीति गर्ने व्यक्तिहरुमा हुनैपर्छ । सहकारी क्षेत्रबाट देशलाई फाइदा हुने काम गर्नुपर्छ। अहिले हामी अत्यन्त अफ्ठ्यारो परिस्थितिबाट गइरहेका छौँ ।

राज्यलाई कसरी जोगाउने भन्ने बारेमा सबैभन्दा पहिला सोचौं। राष्ट्र रहेमात्र हामी अघि बढ्ने हो। यसैगरी घिचघिच गरेर देश चलाउने हो भने हामी कहीँको रहँदैनौँ । देश कता पुग्छ, कसरी जान्छ भन्ने हामी सबैलाई चिन्ता छ । श्रीलंका नबनोस् भन्नका लागि दण्डहीनताको अन्त्य गर्नुपर्ने जरुरी छ। भ्रष्टाचार निर्मुल गर्नुपर्ने जरुरी छ। सुशासन दिन सक्नुपर्छ। यो देशमा सुशान छँदै छैन भनेपनि हुन्छ।’

नेता कोईरालाले अहिले देशको परिस्थिति अफ्ठ्यारो रहेको भन्दै सरकारको अहिलेको गति र काम गर्ने शैली सही नभएको बताए। आलस्य गरेर सत्ता सञ्चालन गर्दा देशको स्थिति कहीँको नरहने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights