☰ open

मन्त्रालयको आग्रह : वैदेशिक रोजगारीमा ठगिएका सम्पर्कमा आउनु

२०७९ श्रावण १३, शुक्रबार १०:०७
media khavar

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका अनियमितता एवं गैरकानूनी क्रियाकलाप नरोके हदैसम्मको कारबाही गरिने जनाएको छ ।

वैदेशिक रोजगारीका नाममा नेपाली युवासँग चर्को रकम असुल्ने गरेको, रकम लिएर विदेश नपठाएको, विदेशमा अलपत्र पारेकोलगायत विषयलाई सरकारले सुक्ष्मरुपमा अनुसन्धान गरिरहेको जनाउँदै मन्त्रालयले त्यस्ता गतिविधिमा संलग्न नहुन आग्रह गरेको हो ।

वैदेशिक रोजगारीका सिलसिलामा गैरकानूनी एवं अमर्यादित क्रियाकलाप न्यूनीकरण गर्न मन्त्रालय र विभागबाट सुक्ष्म अनुगमन र अनुसन्धान भइरहेको जनाउँदै मन्त्रालयले वैदेशिक रोजगारीका क्षेत्रमा देखापरेका अनियमितता एवं गैरकानूनी क्रियाकलाप तुरुन्त नरोकेमा हदैसम्मको कारबाही हुने जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले विहिबार एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारीका सन्दर्भमा ठगीमा परेका, तोकिएभन्दा बढी पैसा दिन बाध्य पारिएका तथा विदेशमा अलपत्र परेका व्यक्तिलाई तत्काल सरकारको सम्पर्कमा आउन आग्रह गरेका छन् ।

केही दिनयता नेपाली नागरिकलाई प्राप्त हुने वैदेशिक रोजगारीको सङ्ख्या बढिरहेका सन्दर्भमा श्रम स्वीकृतिका लागि आवेदन गर्नेको सङ्ख्यामा समेत वृद्धि हुँदा ठगी बढिरहेको मन्त्रालयले जनाएको छ ।

प्रचलित वैदेशिक रोजगार ऐन, २०६४ अनुरुप नेपाली नागरिकलाई विदेशबाट प्राप्त हुने रोजगारीमा मूलतः शून्य लागतको नीति अनुशरण भएको हुनुपर्नेमा सो नीतिको पूर्ण परिपालना नगरेको, तोकेभन्दा बढी सेवा शुल्क र अन्य गैरकानूनी तवरबाट रकम लिइएको पाइएको उनले जनाए ।

प्रवक्ता घिमिरेले अस्वाभाविक पैसा असुलेर त्यसको कुनै प्रमाण नदिएको, भिडियो बनाएर कुनै पदको शुल्क लिएको छैन भनी जबर्जस्ती भन्न लगाएको, स्वास्थ्य परीक्षण गर्दा सम्बन्धित व्यक्ति उपस्थित नभए पनि ठूलो रकम असुलेर निरोगिताको प्रमाणपत्र दिने गरेको, विदेश जानुपूर्व अनिवार्यरुपमा सहभागी हुनुपर्ने पूर्वप्रस्थान अभिमुखीकरणमा अनुपस्थित व्यक्तिलाई समेत उपस्थित भएको, असान्दर्भिक नाम दर्ता गराएको लगायतका उजुरी प्राप्त भएको बताए । ती उजुरीको अनुसन्धान गरी दोषीमाथि कारबाहीको तयारी भइरहेको उहाँको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights