☰ open

एमालेको वृहत् जनप्रदर्शन कार्यक्रम सुरु

२०७९ श्रावण १६, सोमबार १४:४०
media khavar

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले जनसरोकारका विषयमा आज काठमाडौँमा आयोजना गरेको वृहत् जनप्रदर्शन कार्यक्रम सुरु भएको छ।

मुलुकमा महँगी, भ्रष्टाचारलगायतका गतिविधि बढेको भन्दै सोको विरोधमा राजधानीका विभिन्न स्थानबाट ¥याली सुरु भएको हो। जनप्रदर्शन आयोजक कमिटीका कृष्णगोपाल श्रेष्ठका अनुसार जनप्रदर्शन दिउँसो वसन्तपुरमा मिसिएर भित्री सहर प्याफल, नरदेवी, बाङ्गेमुढा, असन, भोटाहिटी हुुँदै शान्तिबाटिकामा पुगेर समापनसभामा परिणत हुनेछ।

जनप्रदर्शनमा पार्टीका काठमाडौँ उपत्यकाका भूगोलका तीन जिल्ला, उपत्यका विशेष प्रदेश र त्यसअन्तर्गतका चार जिल्ला, सम्पर्क कमिटी, जनवर्गीय सङ्गठन, सांसदहरू, पार्टीको केन्द्रीय विभागको सहभागिता रहने छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights