२०७९ श्रावण १६, सोमबार १७:४४
media khavar
मन्त्रिपरिषद् बैठक बस्ने नबस्ने नै टुंगो लागेको छैन । सोमबार र बिहीबार नियमित मन्त्रिपरिषद बैठक बस्ने गरेपनि सोमबार अपरान्हसम्म पनि बैठकको समय नतोकिएकाले चुनावबारे नै अन्यौल उत्पन्न भएको छ । आज बस्ने बैठकले आगमी संसदीय चुनावको मिति तोक्ने अनुमान गरिएको थियो।
निर्वाचन आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ। तर सरकारले भने चुनावको मिति तोक्न ढिलाई गर्दा मंसिरमा निर्वाचन हुने नहुने भन्नेमा अन्यौल बढ्न पुगेको छ।




फेसबुकबाट तपाईको प्रतिक्रिया