☰ open

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

२०७९ श्रावण १७, मंगलवार ०९:४८
media khavar

संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बस्न लागेको हो।

आजको बैठकमा ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’, ‘शपथ सम्बन्धी विधेयक, २०७९’, ‘स्टान्डर्ड नाप र तौल पाँचौं संशोधन विधेयक, २०७८’, ‘प्रत्ययन विधेयक, २०७८’ विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यस्तै ‘तथ्यांक विधेयक, २०७८’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights