२०७९ श्रावण १७, मंगलवार ०९:५३
media khavar

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीअन्तर्गत रहेका सम्पूर्ण भातृ संगठनलाई चुस्तदुरूस्तरूपमा अगाडि बढाउन आग्रह गरेका छन्।
काठमाडौं महानगरपालिका वडा नम्बर ८ एकाइ समितिद्वारा आयोजित क्रियाशील सदस्यसँग अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले भातृ संगठनलाई आगामी संसदीय निर्वाचन लक्षित गरी अगाडि बढाउन आवश्यक रहेको बताए।
संसद्मा जल्दाबल्दा विषयवस्तुप्रति कांग्रेसले आफ्नो पार्टीगत धारणा बनाउने जनाउँदै उनले युवापुस्तालाई राजनीतिमा अग्रसर गराउन आवश्यक रहेकोसमेत सुनाए।
फेसबुकबाट तपाईको प्रतिक्रिया