☰ open

सप्तकोशीको बाढी बस्तीमा पसेसँगै स्थानीयवासी गाउँ छोड्न थाले

२०७९ श्रावण १८, बुधबार १०:३६
media khavar

उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ स्थित जिरो पोइन्टबाट सप्तकोशी नदीको बाढी बस्तीमा पसेको छ।

नदी बस्तीमा पसेसँगै सयौँ घर जोखिममा परेका छन्। कटान रोक्न सरकारी तहबाट भएको प्रयास प्रभावकारी नहुँदा बाढी अस्थायी बाँध फुटाएर बस्तीमा पसेको हो।

त्यहाँका स्थानीयवासी अहिले गाउँ छोड्न थालेका छन्। आफ्ना सामानहरु बोकेर सुरक्षित ठाउँतर्फ जान लागेको तस्बिरहरु सामाजिक सञ्जालमा छाइरहेका छन्। उनीहरु कहाँ जाने भन्ने कुरा टुंग्गो छैन्।

२०४५ सालदेखि कोशी पूर्वतिरबाट बग्न थालेपछि अहिले कोशी पसेको ठाउँमा क्षेत्रमा बस्ती बसेको थियो। ३४ वर्षपछि कोशीले आफ्नो पुरानै बाटो समातेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights