☰ open

सप्तकोशी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी, साढे १ हजार परिवार डुवान, १० हजार उच्च जोखिममा

२०७९ श्रावण १९, बिहीबार ०९:३०
media khavar

उदयपुर,। उदयपुरको सप्तकोशी प्रभावित क्षेत्रमा उद्धार कार्य आज ९विहीबार० पनि जारी छ । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी प्रभावित क्षेत्रमै रहेर उद्धार कार्य जारी राखेको हो ।

प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादवका अनुसार प्रभावित क्षेत्रमा पानीको सतह कम हुँदै गएको छ । सप्तकोशीले चतरा क्षेत्रमा उदयपुरतर्फ कटान गरि भङ्गालो पसेको हो । भङ्गालो पसेर उदयपुरको बेलका नगरपालिकाको १, २, ३, ८ र ९ डुवानमा परेको थियो । एक हजार पाँचसय घरपरिवार डुवानमा परेका छन् भने १० हजार घर परिवार उच्च जोखिममा परेका छन् । घर छाडेका अधिकांश प्रभावितहरु आफन्तको शरणमा बसेका छन् भने अन्य मानिसहरु विद्यालय र सामुदायिक भवनमा बसेका छन् ।

स्थानीय सरकार र प्रशासनले उद्धारसँगै पिडितहरुलाई राहत तथा सहयोगको ब्यवस्था मिलाउन लागि परेको छ । रेडक्रस लगायतका विभिन्न संघसंस्थाले प्रभावित क्षेत्रमा खटेर उद्धारमा सहयोग गर्दै आएको छ भने राहत सामग्रीको ब्यवस्था गरिरहेकोछ ।

बेलका नगर प्रमुख अशोक कार्कीका अनुसार बेलैमा उद्धार कार्य थालिएकोले मानवीय क्षती भएको छैन । मोटरबोट, प्लाष्टिकको डुङ्गा, ट्याक्टर र सुरक्षाकर्मीको सवारी साधन उद्धारमा प्रयोग भएका छन् । उच्च जोखिम भएपनि कतिपय घरपरिवार सुरक्षित स्थान सर्न मानेका छैनन् । रासोबासो छाड्ने नमानेका उनीहरु जेखिम मोलेरै भएपनि बस्ने अडान कस्ने गरेपछि उनीहरुलाई सम्झाई बुझाई सार्न जनप्रतिनधि र सुरक्षाकर्मीले कसरत गर्नु परेको छ ।

यसैबीच आज परराष्ट्रमन्त्री डा। नारायण खड्का आज प्रभावित क्षेत्रमा अवलोकनका लागि पुगेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights