☰ open

गठबन्धन दलहरूले बनाए चुनावी सिट बाँडफाँड कार्यदल

२०७९ श्रावण २०, शुक्रबार १५:००
media khavar

काठमाडौँ । सत्तारुढ गठबन्धनको शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मंसिर ४ गते हुने चुनावमा सिट बाँडफाँडका लागि ११ सदस्यीय कार्यदल पनि गठन गरेको छ।

बैठकले मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेपछि कार्यदल गठन गरेको हो।

कार्यदलमा गठबन्धनको प्रमख दल नेपाली कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, कृष्णप्रसाद सिटौला र ज्ञानेन्द्रबहादुर कार्की छन्। यसैगरी माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र बर्षमान पुनलाई राखिएको छ।

यसैगरी नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाटआनन्द शर्मा र हिमलाल पुरी छन्।

यो कार्यदलले प्रतिनिधीसभा र प्रदेशसभामा कुन पार्टीले कति सिट पाउने भनेर निक्र्यौल गरेर गठबन्धनलाई सिफारिस गर्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights