☰ open

सत्तामा पुग्न विदेशी शक्ति गुहार्ने प्रवृत्ति जस्ता विकृतिहरुको अन्त्य हुनुपर्छ : अध्यक्ष थापा

२०७९ श्रावण २०, शुक्रबार १५:०७
media khavar

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले सत्तामा पुग्न विदेशी शक्ति गुहार्ने आत्मसमर्पणवादी प्रवृत्ति जस्ता विकृतिहरुको अन्त्य गर्नुपर्ने बताएका छन्।

थापाले आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनबारे टिप्पणी गर्दै सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्,’सत्तामा पुग्न विदेशी शक्ति गुहार्ने आत्मसमर्पणवादी प्रवृत्ति जस्ता विकृतिहरुको अन्त्य गर्नुपर्छ, त्यसका लागि जनता पार्टीको सेवक होईन, स्वाभिमानी स्वतन्त्र नागरिक र देशको मालिक बन्नुपर्छ।’

मंसिरमा ४ मा हुने निर्वाचनले सर्वसत्तावाद, भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तनको समेतको अन्त्य गर्नुपर्ने पनि बताएका छन् । त्यसका लागि नागरिक स्वाभिमानी हुनुपर्ने उनको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights