☰ open

अवस्था परिवर्तनको लागि ४० मुनिका योग्य युवाको आवश्यक छ : सागर

२०७९ श्रावण २०, शुक्रबार १५:१३
media khavar

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाविरूद्ध संसदीय चुनाव लड्न लागेका सागर ढकालले यतिबेला निर्वाचनको तयारी गरिरहेका छन्।

सरकारले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने घोषणा गरेसँगै उनले आफू तीव्र भएर चुनावको बाँकी तयारीमा लागेको बताएका छन् ।

उनले सामािजक सञ्जाल फेसबुकमा लेखेका छन्, मङ्सिर ४ गते निर्वाचनको घोषणा भएको छ । आशा छ, अधिकांश युवा नै संसदमा जानेछन्, र देशले नयाँ, क्षमतावान्, योग्य ४० वर्षमुनिकै प्रधानमन्त्री र मन्त्रीहरू पाउँनेछ ।’

उनले हाल सरकारमा रहेकाहरूले व्यवस्था परिवर्तन गरेको भएपनि अब अवस्था परिवर्तनको लागि ४० मुनिका योग्य युवाको आवश्यक भएको बताएका छन्।

’व्यवस्था परिवर्तनका लागि हजुरबुबा, हजुरआमा, बुबा, आमालाई धेरै–धेरै धन्यवाद। अब अवस्था परिवर्तनको लागि हामी ४० मुनिका योग्ययुवा आएका छौं। सबैको साथ र सहयोगले नै देशको अवस्था परिवर्तन गर्न सकिनेछ। साथ दिनुहोला।’ उनले लेखेका छन्।

उनले केही समयअघि प्रधानमन्त्रीविरुद्ध डडेल्धुराबाटै संसदीय चुनाव लड्ने बताएका थिए। प्रधानमन्त्रीविरुद्ध उनकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेका सागर त्यसकै तयारीका लागि डडेल्धुरा पुगेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights