☰ open

जापान रहेका प्रचण्डले गरे हिरोसिमा सहरको संग्रहालय अवलोकन

२०७९ श्रावण २२, आईतवार १०:३८
media khavar

काठमाडौँ । जापान भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आणविक बम खसालिएको हिरोसिमा सहरस्थित संग्रहालय अवलोकन गरेका छन्।

प्रचण्डले भ्रमण टोलीका सदस्यहरुसहित आज संग्रहालय अवलोकन गरेको सचिवालयले जनाएको छ।

पाँच दिने जापान भ्रमणको लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड यही साउन २० गते जापान प्रस्थान गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights