☰ open

जुम्लाबाट निर्वाचन लड्ने तयारीमा ज्ञानेन्द्र शाही

२०७९ श्रावण २३, सोमबार ०९:३१
media khavar

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने तयारी गरिरहेका छन्।

शाही जुम्लाकै सिंजा गाउँपालिका वडानम्बर ३ निवासी हुन्। उनले आफ्नो जन्मभूमि जुम्ला नै रहेकोले जुम्लाबाट नै निर्वाचन लड्ने तयारी गरेको बताए।

निर्वाचनबारे औपचारिक जानकारी दिन शाहीले आज काठमाडौंको थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्दैछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights