☰ open

कर्मचारी आन्दालित भएपछि अर्थ मन्त्रालय पछि हट्यो, नयाँ तलबमान तत्काल लागू नहुने

२०७९ श्रावण २३, सोमबार १८:१७
media khavar

अर्थमन्त्री जनार्दन शर्माले बजेटमा गरिएको घोषणाअनुसार नै कर्मचारीहरूको तलबमान लागू हुने प्रतिबद्धता जनाएका छन् । बजेट घोषणाविपरीत अर्थ मन्त्रालयले असमान ढंगले कर्मचारीहरूको तलब वृद्धिको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरेपछि आन्दोलित भएका कर्मचारी संगठनका प्रतिनिधिहरूसँग आज अर्थमन्त्रीले त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।

अर्थमन्त्रीलाई भेट्न निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेल, निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइराला, राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरिबहादुर रावल, मधेसी कर्मचारी संगठनका अध्यक्ष भुवनेश्वर चौधरी, एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष मोहन घिमिरे पुगेका थिए ।

अर्थमन्त्रीसँगको भेटपछि पोखरेलले तत्कालका लागि बजेट भाषणअनुसार नै तलब वृद्धि हुने प्रतिबद्धता अर्थमन्त्रीले जनाएको बताए । चालू आर्थिक वर्षका लागि पारित भएको बजेटमा १५ प्रतिशत तलब वृद्धि गर्ने भनिएको छ । भेटमा अर्थमन्त्रीले ‘पे कमिसन’ गठन गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

मर्यादाक्रम मिलाउने भन्दै अर्थ मन्त्रालयले शाखा अधिकृतभन्दा माथिको तलब भने २४ प्रतिशतसम्म बढाउन प्रस्ताव तयार गरेको छ । सो प्रस्ताव मन्त्रिपरिषदमा पेस गर्ने तयारी भइरहेका वेला शाखा अधिकृतभन्दा तल्लो तहका कर्मचारी आन्दोलित भएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights