☰ open

निर्वाचन कार्यतालिका स्वीकृत : असोज २३ गते उमेदवारी दर्ता, मङ्सिर १ देखि प्रचारप्रसारमा रोक

२०७९ श्रावण २४, मंगलवार ०९:५९
media khavar

काठमाडौँ । निर्वाचन आयोगले मंसिर ४ गते हुने संघीय तथा प्रदेश सभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ ।

आयोगका अनुसार असोज २३ गते प्रत्यक्षतर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको उमेदवारी दर्ता हुनेछ। त्यस्तै असोज ११ गते निर्वाचन अधिकृत नियुक्ति गरिनेछ भने असोज २१ गते कार्यालय स्थापना गरिने छ ।

अन्तिम नामावली प्रकाशन असोज २६ गते हुने आयोगले जानकारी दिएको छ । समानुपातिक तर्फको बन्द सूची पेस गर्ने कार्यतालिका भने असोज २ र ३ गतेका लागि तय गरिएको छ ।

असोज २८ गतेदेखि मतपत्र छपाइ सुरु हुने छ। मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छाप्नेछ। आयोगका अनुसार मङ्सिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइने छ। मङ्सिर ४ गते बिहान सात बजेदेखि पाँच बजेसम्म मतदान हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights