☰ open

प्रतिनिधिसभा बैठक : शपथ सम्बन्धी विधेयक पारित गर्ने

२०७९ श्रावण २५, बुधबार १०:००
media khavar

काठमाडौँ । आज संघीय संसद प्रतिनिधि सभा बैठक बस्दै छ। बैठक दिउँसो १ बजे बस्दै छ। संसद सचिवालयका अनुसार बैठकमा तथ्यांक विधेयकको दफावार छलफल पछि आजै पारित गर्ने कार्यसूची रहेको छ।

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ सम्बन्धी विधेयक दफावार छलफलका लागि प्रस्तुत गर्ने र पारित गर्ने सम्भावित कार्यसूची रहेको छ।

खानेपानी तथा सरसफाइ विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights